भारतको सुरतबाट अत्तरिया पुगेका संकास्पद तीन जनालाई सेती अस्पतालमा स्वास्थ्य परिक्षण हुदै

फ़ारुख हुसैन

धनगढी : भारतको सुरतबाट अत्तरिया पुगेका संकास्पद तीन जनालाई सेती अस्पताल ल्याईएको छ। भारतमा कोरोना आशंका गरिएका एक महिला सहित तीन जनालाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

कैलालीको गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का अध्यक्ष शर्मानन्द भट्टका अनुसार तीन जनालाई मालाखेती अस्पतालको एम्बुलेन्समा सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिनुभयो ।

गोदावरी नगरपालिकाका अनुसार वडा नम्वर १२ का अध्यक्षलाई भारतबाट एक जनाले फोन गर्दै ति महिलामा कोरोनाको आशंका गरिएको र भागेर अत्तरिया आएको खवर गरेपछि उनीहरुको स्वास्थ्य परिक्षणका सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरु गौरीफन्टा नाका हुँदै अत्तरिया पुगेका थिए। सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले स्वास्थ्य परिक्षणपछि मात्रै विस्तृत जानकारी हुने बताए। उनीहरु कैलालीको गोदावरी नगरपालिकाको ओलानीका बासिन्दा भएको खुलेको छ ।

हमारी निष्पक्ष पत्रकारिता को कॉर्पोरेट के दबाव से मुक्त रखने के लिए आप आर्थिक सहयोग यदि करना चाहते हैं तो यहां क्लिक करें


Welcome to the emerging digital Banaras First : Omni Chanel-E Commerce Sale पापा हैं तो होइए जायेगा..

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *